शुभेच्छुक एवं प्रशंसकसँग केकीले मागिन् आशिर्वाद

काठमाडौँ । आज बिहीबार मात्रै आफ्ना प्रेमी रोहित तिवारीसँग विवाह बन्धनमा बाँधिएकी नेपाली चलचित्रकी लोकप्रिय नायिका केकी अधिकारीले आफ्ना शुभेच्छुक एवं प्रशंसकहरूमा कृतज्ञता व्यक्त गरेकी छन्।

केकीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरूसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहारस्वरूप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

केकीले आफ्ना प्रेमी रोहितसँग आजै धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा दिउँसो विवाह गरेकी हुन् भने हिजो बुधबार दुईले मेहेन्दी उत्सव गरेका थिए। उनीहरू एक वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *