भरतपुरकाे मेयरमा उम्मेदवारी दिन प्रदेशसभाबाट राजीनामा

काठमाडाैँ । भरतपुरकाे मेयर पदमा उम्मेदवारी दिन प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का वाग्मती प्रदेश सदस्य विजय सुवेदीले राजीनामा दिएका छन् ।

सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । चितवनको क्षेत्र नम्बर २ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी भरतपुरकाे मेयरमा उठ्न लागेका हुन् ।

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने नियम बनाएको छ ।

यसअघि एमालेले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे । पार्टीका केन्द्रीय उप–महासचिव प्रदिप ज्ञवालीकाे उपस्थितिमा बसेकाे महानगर कमिटीकाे बैठकले सुवेदीलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे ।

याे पनिः  भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *