भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिकाबाट नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएकाे छ ।

चितवनमा आइतबार भएकाे महानगर कमिटीकाे बैठकले सुवेदीलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । बैठकमा पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीकाे समेत उपस्थिति रहेकाे थियाे ।

सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए । उनी नेकपा एमाले चितवनको सचिव भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *