दीपिका पादुकोणसँग बलिवुड डेब्यु गर्ने यशको इच्छा

काठमाडौँ । दक्षिण भारतीय रेकर्ड ब्रेकर फिल्म ‘केजिएफः च्याप्टर २’ का मुख्य अभिनेता यशले बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको साथमा बलिउड डेब्यू गर्ने इच्छा व्यक्त गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडमा कुन अभिनेत्रीसँग डेब्यू गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा यशले यस्तो जवाफ दिएका हुन्। आफूजस्तै दीपिका पनि कन्नड मूलकी भएकी हुँदा उनीसँग काम गर्ने सजिलो हुनेमा यशलाई विश्वास रहेको छ। उनको फिल्म ‘केजिएफ २’ ले यतिबेला सर्वाधिक लोकप्रयता हासिल गर्दै दक्षिण भारतमा अति मन पराइएको चर्चित अभिनेता प्रभास अभिनित फिल्म ‘बाहुबली’को लाइफटाइम रेक्रडलाई समेत तोडिसकेको छ। फिल्मले बाहुबलीको लाइफटाइम रेकर्ड जम्मा ६ दिनमै तोडेको हो।

पछिल्लो समय फिल्म ‘गहेराइयाँ’ मा अभिनय गरेकी दीपिका अब भने अमिताभ बच्चनसँग ‘द इन्टर्न’को रिमेकमा देखिँदैछिन्। साथै, उनी ऋतिक रोशनसँग पहिलोपटक ‘फाइटर’मा समेत काम गर्दैछिन्। यशको यो भनाइ बाहिरिएसँगै उनका प्रशंसकहरू उनलाई दीपिकासँग बलिवुडमा देख्न आतुर भइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *