‘केजिएफ २’ले ६ दिनमै तोड्यो ‘बाहुबली’को लाइफटाइम रेकर्ड

काठमाडौँ । दक्षिण भारतीय अभिनेता यशलाई लिड रोलमा लिएर बनेको पछिल्लो फिल्म ‘केजिएफ २’ को प्रदर्शन जारी छ । प्रदर्शन जारी रहँदै फिल्मले दक्षिण भारतकै सर्वाधिक सफल फिल्म बाहुबलीको रेकर्ड तोड्न सफल भएको छ ।

विश्वभरबाट फिल्मले राम्रो प्रतिक्रिया मात्रै नभएर बक्सअफिसमा पनि निकै सफलता हासिल गरिरहेको छ । फिल्मले लगातार विभिन्न रेडर्कहरू तोड्ने क्रम चलिरहेको छ । प्रदर्शनको छैटौं दिनसम्मको कमाइबाट फिल्मले २०१५ मा प्रदर्शनमा आएको चर्चित दक्षिण भारतीय फिल्म ‘बाहुबली’को लाइफटाइम रेडर्कलाई तोडेको हो ।

करिब सय करोडको बजेटमा बनेको फिल्म ‘केजिएफ २’ले ६ दिनसम्म ६७६ करोड ८० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । २०१५ को प्रभासलाई लिड रोलमा लिएर बनेको फिल्म ‘बाहुबली’को भने लाइफटायम ग्रस ६५० करोड भारतीय रुपैयाँ रहेको छ । ‘केजिएफ २’ले ६ दिनमै सो रेकर्ड तोडेको हो । योसँगै ‘केजिएफ २’ हालसम्म सर्वाधिक कमाइ गर्ने आठौं भारतीय फिल्म बनेको छ ।

फिउल्म हिन्दी, तेलगु, तमिल, कन्नड र मलायलम गरी ५ भाषामा रिलिज भएको ‘केजिएफ २’मा यशसँगसँगै बलिडका चर्चित अभिनेता सञ्जय दत्तको पनि अभिनय रहेको छ भने श्रीनिधि शेट्टी, प्रकाश राज, रविना टण्डनलगायत कलाकारको पनि फिल्ममा मुख्य भूमिका देख्न सकिन्छ ।

२०१८ मा आएको फिल्म ‘केजिएफ’ को सिक्वेलको रूपमा ‘केजिएफ २’को कथा बगेको छ भने फिल्मको च्याप्टर थ्री पनि आउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *