गभर्नर अधिकारी फर्किए राष्ट्र बैंक

काठमाडाैँ । सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् ।

मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किएका हुन् । राष्ट्र बैंक पुग्दा कर्मचारीहरूले अधिकारीलाई भव्य स्वागत गरेका थिए ।

काममा फर्किएपछि गभर्नर अधिकारीले आफूले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सबैले साथ दिएको धारणा राखे । राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटना– परिघटनाले यस्तो परिस्थिति ल्याउने र आफु आग्रह, पूर्वाग्रहबिना काम गर्ने उनले बताए । बा

यसअघि अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्बनमा परेका थिए । त्यसपछि सर्वोच्च गएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो ।

याे पनि:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =