सर्वाेच्चकाे आदेशपछि गभर्नर अधिकारीले भने- ‘केन्द्रीय बैंकले न्याय पायाे’

काठमाडाैँ । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले न्याय पाएकाे बताएका छन् । तत्काल निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि मकालुखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘म त सिर्फ एउटा माध्यम मात्रै हुँ, याे केन्द्रीय बैंकले पाएकाे न्याय हाे ।’

प्रणाली जाेगाउन सर्वाेच्च अदालतले आदेश दिएकाे उल्लेख गर्दै गभर्नर अधिकारीले थपे, ‘सबैकाे शुभेच्छाले गर्दा याे भयाे । हुन त याे अन्तिम हाेइन, यसबारे अन्तिम फैसला हुन बाँकी छ । तर याे यत्ति पनि प्रणाली जाेगाउने सन्दर्भमा राम्राे हाे ।’

यसअघि अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहितका विभिन्न गम्भीर आरोपहरू लगाएर गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए । यसपछि आज सर्वाेच्च अदालतले विभिन्न आरोप लगाउँदै गरकारले जाँचबुझ समिति बनाएपछि निलम्बनमा परेका अधिकारीलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *