गभर्नर निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी उनीमाथि जाँचबुझ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार गभर्नर अधिकारीमाथि परेको रिट निवेदनमाथि सुनुवाईपछि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले यस्तो आदेश दिएकाे हाे । इजलासले १३ वैशाखमा दुबै पक्षलाई बोलाउन समेत आदेश दिएको छ ।

सरकारले आफूमाथि निराधार आरोप लगाएको र विना जानकारी र विना स्पष्टीकरण आफूलाई निलम्बन गरी जाँचबुझ गर्न समिति समेत गठन गरेको भन्दै सरकारका विरुद्ध सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दिएका थिए ।

सरकारले आफूलाई असहयोग गरेको, सूचना चुहाएको र आर्थिक संकट निम्त्याउन जिम्मेवार रहेको भन्दै गभर्नर अघिकारीलाई २५ चैतमा निलम्बन गरी जाँचबुझ समिति गठन गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *