अन्जु पन्तको स्वरमा ‘आमा…’ (भिडिओसहित)

काठमाडौँ । लोक पौडेल र अन्जु पन्तको स्वर रहेको ‘आमा…’ बोलको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा मिरा मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा लोक पौडेलको शब्द एवं संगीत रहेको छ । गीतको भिडिओलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै रहेको छ । आमा छोराको वियोगान्त कथा भिडिओमा प्रस्तुत गरिएको छ ।

भिडिओमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडिओलाई दशरथ गिरिले सम्पादन गरेका हुन् भने खेम थापा मगरको छायांकन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =