हुन्डाई आयोनिक ५ ले पायो ‘वर्ल्ड कार अफ द इयर २०२२’ को उपाधि

काठमाडौँ। हुन्डाई आयोनिक ५ ले वर्ल्ड कार अफ द इयर २०२२ को उपाधि पाएको छ । साथै विभिन्न ६ वटा विधाहरू मध्ये तीन विधामा विजेता समेत बनेको छ ।

फरक डिजाइन र पर्फमेन्सका लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिजाइन अफ द इयर क्याटगोरीमा आयोनिक ५ को फरक शैली र नौलो डिजाइनले Audi e-Tron GT लाई पछि पारेको छ । आयताकार हेड र टेल ल्याम्पसहितको आयोनिक ५ को रेट्रो डिजाइन जो कोहीलाई मोहित पार्ने खालको रहेको कम्पनीको दाबी छ ।

त्यस्तै, आयोनिक ५ ले विश्व कार अवार्डमा पहिलो पटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि Audi e-Tron GT र मर्सिडिज ईक्यूएस भन्दा अगाडि रहन सफल रह्यो । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको यो क्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाएको कम्पनीको भनाइ छ ।

हुन्डाई आयोनिक ५ ले ‘किया ईभी६’ र ‘फोर्ड मुस्ताङ मार्च ई’लाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो उक्त अवार्ड हात पार्न सफल भएको कम्पनीले बताएको छ । इन्टरनल कम्बसन इन्जिन कारसहित अन्य सबै कारहरू मध्य छानिने यो जितले बिजुलीका गाडीहरुले पछिल्लो समयमा मारेको फड्कोलाई प्रतिबिम्बित गर्छ ।

आयोनिक ५ ले गत वर्षको सुरुवातमा रिलिज भएसँगै निकै प्रशंसा बटुलीरहेको कम्पनीको भनाइ छ । विश्वका ३३ विभिन्न देशका १०२ पत्रकारहरूको प्यानलको भोटले छानिने डब्ल्यूसीओटीवाई अवार्डमा यसले ६ मध्ये तीनओटा विधामा विजेता रहनुले आयोनिक ५ को विशिष्टता स्पष्ट पारेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *