माधव भन्छन्- ‘हामी अपमान सहँदैनाैँ, यसका लागि जन्मेका हाेइनाैँ’

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे दलका उम्मेदवारहरू अन्य दलका भन्दा फरक हुने बताएका छन् । नेकपा (गौरवशाली) सँगको पार्टी एकता घाेषणाकाे कार्यक्रमलाई काठमाडाैँबाट सम्बाेधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । ‘हाम्राे राजनीतिक संस्कार फरक छ, राम्राे छ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘त्यस अर्थमा हाम्रा नेताहरू फरक हुन्छन्, बृहत् हुन्छन् । सुसंस्कृत हुन्छन् । त्यसैले हाम्राे उम्मेदवारहरू पनि फरक हुन्छन् ।’

जनतालाई खुसी पार्ने कुरामा आफूहरूकाे ध्यान भएकाे अध्यक्ष नेपालले बताएका छन् । ‘इमान्दारीमा, मेहनतमा र कर्तव्यनिष्ठतामा विश्वास गर्छाैँ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘हाम्राे पार्टीका उम्मेदवारहरूले कसरी सुसंस्कृत समाज तयार पार्न सकिन्छ भन्नेबारे साेच्नुपर्छ । यस अर्थमा हाम्रा उम्मेदवारहरू फरक हुनुपर्छ । उनीहरूले मेराे पालिका, मेराे वडा नमूना हुनुपर्छ भनेर साेच्नपर्छ ।’

उनले आफ्नाे दलकाे उपस्थिति ७७ वटै जिल्लामा दर्बिलाे रहेकाे दाबी गरेका छन् । ‘हामीले याे ७ महिनाका बीचमा धेरै परिश्रम गर्‍याैँ र पार्टी बनायाैँ । पार्टी प्रवेश गर्नेहरूकाे पनि लाइन लाग्ने गरेकाे छ । यसले हाम्राे पार्टीकाे भविष्य छ भन्ने बताउँछ । हामीले याे चुनावमा धेरै ठाउँमा विजय हासिल गर्छाैँ ।’

अध्यक्ष नेपालले फरक प्रसङ्गमा केपी शर्मा ओलीले पार्टीमा बढी व्यक्तिवादी चरित्र देखाएपछि आफूले बाध्य भएर पार्टी विभाजन गरेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *