प्रधानमन्त्रीकाे प्रश्न- ‘कांग्रेसलाई सरकारमा ल्याउनु मेराे गल्ती हाे, गठबन्धन गरेर के बिगारेँ ?’

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गरेर आफूले गल्ती नगरेकाे जिकिर गरेका छन् । मंगलबार काठमाडाैँमा नेविसंघले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् । ‘मैले गठबन्धन गरेर के बिगारेँ ?,’ प्रधानमन्त्री देउवाले प्रश्न गरे, ‘नेपाली कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती थियाे भने भन्नुस् । नभए मैले केही बिगारेकाे छैन ।’

♦ याे पनि:
   गठबन्धन कुनै हालतमा टुट्दैन, टुट्न दिँदैनाैँ : प्रधानमन्त्री (भिडिओसहित)

गठबन्धन गरेपछि प्रदेश सरकारहरू कांग्रेसकाे नेतृत्वमा भएकाे सुनाउँदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘गठबन्धनले धेरै ठाउँमा हाम्रा मुख्यमन्त्रीहरू छन् । गण्डकीमा हाम्रै मुख्यमन्त्री छन् । बागमतीकाे मन्त्रिमण्डलमा हामी छाैँ । सुदूरपश्चिममा पनि हामी सरकारमा छाैँ । कर्णालीमा पनि छाैँ । अरु ठाउँमा मुख्यमन्त्री बन्ने सम्भावना छ । के बिगारेँ मैले ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *