गठबन्धन कुनै हालतमा टुट्दैन, टुट्न दिँदैनाैँ : प्रधानमन्त्री (भिडिओसहित)

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धन नटुटने बताएका छन् । मंगलबार नेविसंघले आयाेजना गरेकाे कार्यक्रमलाई काठमाडाैँबाट सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन । त्यसकारणले कसैसँग त गठबन्धन गर्नैपर्‍याे ।’

गठबन्धन टुटाउन षड्यन्त्र भइरहेकाे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस यसकै प्रतिरक्षामा रहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *