विक्रम र सुनिताको स्वरमा रहेको गीत ‘तिमी बिना’ रिलिज
२०७९ वैशाख ४ गते

काठमाडौँ । बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ । गीतमा डा. शिव सुवेदीको शब्द तथा संगीत रहेको छ ।
२०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुँदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् । शिव सुवेदीको युट्युब च्यानलबाट आएको यस गीत ‘तिमी बिना हाँसेर हिँड्न’का भिडियो निर्देशक बिनोद भण्डारी हुन् ।
भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय रहेको छ । गीतमा दुई वर्गका युवा-युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादिलाई समेटिएको छ ।
बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । विनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् ।
२०७९ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








