‘साताका सात’ तस्बिर

चार विनायकमध्येका एक
उपत्यकामा रहेका चार विनायकहरूमध्ये चोभारस्थित जलविनायक पनि एक हो । प्यागोडा शैलीमा निर्मित ३ तले मन्दिर चोभारमा बागमतीको किनारमा रहेको छ । हरेक मंगलबार यहाँ भक्तजनको बाक्लो उपस्थिति रहन्छ ।

मानव निर्मित ताल
मकवानपुरको कुलेखानी ताल मानव निर्मित सबैभन्दा ठूलो ताल हो । इन्द्रसरोवरको नामले चिनिने यस तालमा अहिले आन्तरिक पर्यटकको गन्तव्यमध्ये पर्दछ ।

पर्यटकको संस्कृति मोह
भक्तपुरको बोडेमा भएको जिब्रो छेड्ने जात्रा हेर्न आएका पर्यटक प्रहरीसँग जिज्ञासा राख्दै ।

बागमतीको ‘आउटलेट’
काठमाडौँको चोभार मा रहेको बागमतीको गल्छी । परापूर्वकालमा मञ्जुश्रीले यही गल्छी आफ्नो तरबारले काटी उपत्यकाको पानी बाहिर पठाएको भन्ने जनविश्वास रहिआएको छ ।

जात्राको रौनक
भक्तपुरको बोडेमा भएको जिब्रो छेड्ने जात्रा हेर्न बोडे माध्यमिक विद्यालयमा जम्मा भएको भिड ।

भगवानको सरसफाइ
भक्तपुरको प्रसिद्ध बिस्का: जात्राको रथको अग्रभागमा राखिने काशीनाथ भगवानको मूर्तिलाई रथमा राख्नुअघि सफा गरिँदै ।

सिजन कोइरालोको
अहिले बारी अनि पाखाहरूमा जताततै कोइरालोका फूल फुलेको देख्न सकिन्छ । वसन्त ऋतु लागेसँगै फुल्न शुरू गर्ने कोइरालोको अचार तथा तरकारी समेत बनाएर खाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *