ठूला दलका कारण मुलुक बेराेजगार उत्पादन गर्ने थलाे बन्याे : लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरूको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले विभिन्न परितर्वन भएपनि ठूला दलहरूका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका हुन् ।

उनले देश असफल भए नेताहरूको केही नबिग्रने तर युवाहरूको भविष्य बिग्रने धारणा राख्नुभयो । उनले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाए । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनको भनाई छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *