‘सूर्य बिक्री हुने व्यावसायिक चिह्न हाे ?’

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरू दलका नेता पनि उठ्नसक्ने सहमति गरेपछि आपत्ति जनाएका छन् ।

एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गरेपछि उनले यस्ताे प्रश्न उठाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजितीमात्र !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *