अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका छन् । बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

आन्तरिक मतभेद पार्टीभित्रको विषय भएको उल्लेख गर्दै नेता कोइरालाले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरे । ‘नयाँ वर्षसँगै देश चुनावी माहौलले तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन’, उनले शुभकामना सन्देशमा भनेका छन्,’ ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन ।’

उनले आज सुरु भएको २०७९ साललाई चुनावी वर्षका रूपमा लिन आग्रह गरेका छन् । आफूहरूका विरोधी बलिया र संगठित रहेका उल्लेख गर्दै कांग्रेस नेता कोइरालाले भनेका छन्, ‘तसर्थ हामी एक हौं भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *