नवप्रवेशीहरूलाई स्वागत गर्दै प्रचण्डले भने- ‘साेलु-साेताङमा पनि अब हामी बलियाे भयाैँ’ (भिडिओसहित)

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीमा माैलिक समावेशीता रहेकाे बताएका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडा, काेटेश्वरमा आयाेजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘माओवादी केन्द्रमा माैलिक समावेशीता छ, यसलाई कायम राख्नका लागि सबै कमरेडहरूले भूमिका खेल्नुपर्छ ।’

आज जनता समाजवादी पार्टी (जसपा), सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चाैधरीसँगै अन्य नेता/कार्यकर्ताहरू र साेलुखुम्बुकाे साेताङ गाउँपालिकाका नेकपा (एमाले) सम्बद्ध दुर्लभ जन्तरेलगायतका नेता/कार्यकर्ताहरू माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरूलाई स्वागत गर्दै प्रचण्डले साेलुखुम्बुमा पनि माओवादी केन्द्र मजबुत रहेकाे बताए ।

त्यसमा पनि साेताङ आफैँ पुगेकाे स्मरण गर्दै प्रचण्डले त्यहाँ पनि माओवादी केन्द्र कमजाेर नरहेकाे बताए । केही दिन पहिले मात्रै एमालेबाटै माओवादी केन्द्रमा आएका नेता जुद्ध कार्कीलगायतका नेताहरूकाे नाम लिँदै उनले भनेका छन्, ‘परार चुनावकाे बेलामा म पनि साेताङ पुगेकाे थिएँ । अब त्यहाँ पनि हाम्राे पार्टी कमजाेर रहेन । केही दिनपहिले मात्रै जुद्ध कार्कीलगायतका नेताहरूले पार्टी प्रवेश गर्नुभएकाे छ । अब साेताङमा हाम्राे स्थिति मजबुत भएकाे महसुस मलाई भएकाे छ ।’

‘चुनावकाे ब्याटल जित्नुपर्छ’

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले सबैलाई गाेलबद्ध भएर स्थानीय चुनावकेन्द्रित हुन निर्देशन दिएका छन् । स्थानीय तहकाे निर्वाचन अरुका लागि चुनाव मात्रै भएपनि माओवादी केन्द्रका लागि याे लडाइँ भएकाे बताए । ‘याे ब्याटल जसरी भएपनि जित्नुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘सबै मिलेर याे ब्याटलमा जानुपर्छ र जित्नुपर्छ । हामी जित्छाैँ ।’

माओवादीले जित्नु संविधान, लाेकतन्त्र, संघीयता र सिङ्गाे देशले जित्नु रहेकाे प्रचण्डकाे प्रशिक्षण थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *