स्टार्टअप एन्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटल सहभागी

काठमाडौँ । वीरगञ्जमा आइतबार भएको स्टार्टअप एन्ड आइडिया फेष्ट २०२२ मा एनआईबीएल एस क्यापिटल लिमिटेड सहभागी भएको छ ।

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

१८ चैतबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धनलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

एनआईबीएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायी बीच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलतामा उचित परामर्श प्रदान गर्दै आएको  जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *