नेपालगञ्जमा कारको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु

बाँके । नेपालगञ्जको बिपी चोक नजिक कारले ठक्कर दिँदा तीनजना पैदल यात्रीको मृत्यु भएको छ। आइतबार राति प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

कारको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका-११ का ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हाे । सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले नै शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याइएको १५ मिनेटपछि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले बताए । प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका-१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ परेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *