म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुल बराबरी खेलेका छन् । सिटीको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई लिभरपुलले बराबरीमा रोकेको हो ।

सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो । सिटीका लागि केभिन डी ब्रुने र गबरियल जिससले एक/एक गोल गरेका थिए भने लिभरपुलका लागि डिओगो जोटा र साडियो मानेले एक/एक गोल गरेका थिए ।

प्रिमियर लिगको उपाधिका प्रमुख दाबेदार रहेका सिटी र लिभरपुलबीचको यो बराबरीले लिग थप रोमाञ्चक बनेको छ । यो बराबरीपछि सिटीको ३१ खेलमा ७४ अंक रहेको छ र लिगको शीर्ष स्थानमा कायम रहेको छ भने लिभरपुलको ३१ खेलमा ७३ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *