ज्योति विकास बैंककाे एटीएम घान्द्रुकमा

काठमाडौँ । ज्योति विकास बैंकले चैत्र २७ गते बाट चर्चित पर्यटकीय स्थल घान्द्रुककास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको हो।

आइतबार आयोजित एक कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन गरेका थिए । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो एटीएम सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *