बिस्काः जात्रामा ढुंगामुढा, २० जना घाइते

काठमाडाैँ । भक्तपुरकाे प्रसिद्ध बिस्काः जात्रामा ढुंगामुढा हुँदा २० जना घाइते भएका छन् ।

घाइतेहरूलाई भक्तपुर अस्पताल लगिएकाे छ । बिस्काः जात्रामा रथ तान्ने क्रममा ढुंगामुढा भएकाे हाे ।

टौमढी तल र माथिका बासिन्दाबीच रथ लैजाने विषयमा ढुंगामुढा भएकाे हाे । अहिले पनि झडपकै स्थिति रहेकाे स्थानीयले जनाएका छन् । प्रहरी घटनास्थलतर्फ जाँदैछ ।
झडप हुने क्रम नराेकिएकाले घाइतेहरूकाे संख्या बढ्नसक्ने स्थानीयले बताइका छन् ।

याे पनिः

शुरू भयो भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा (तस्वीरहरू)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *