ललितपुरको बाफलमा आगोलागीमा परेका दुई बालिकाको मृत्यु

ललितपुर महानगरपालिका–१७ बाफलको मबिल स्टोरमा भएको आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु भएको छ।

जलेर घाइते भएका ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। घाइते मध्ये अरु तीन जनाको किस्ट अस्पतालमै उपचार भइरहेको छ।

आइतबार बिहान बाफलस्थित मोबिल स्टोरमा आगलागी भएको थियो। आगलागीमा ५ जना घाइते भएका थिए।

संजय गिरी, रुपा गिरी र मित गिरीको किष्ट अस्पतालमा उपचार भइरहेको छ।

रौतहटको राजदेवी नगरपालिका–४ का उनीहरू बाफलमा टहरामा बस्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *