शुरू भयो भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा (तस्वीरहरू)

काठमाडाैँ । १५०० वर्ष पुरानो मानिने भक्तपुरको धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बिस्काः जात्रा आजबाट शुरू भएको छ ।
नयाँ  वर्षको आगमनसँगै शुरू हुने बिस्काः जात्रा आज तैमढीस्थित पाँचतले न्यातपोल मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याउँदै काशी विश्वनाथको स्वरूप मानिने भैरवनाथको रथ तानेपछि शुरू हुनेछ । जात्रा आजबाट आठ रात, नौ दिनसम्म  मनाइन्छ।
प्यागोडाशैलीमा निर्माण गरिएको  काठको तीनतले रथमा भैरवनाथको मूल मूर्ति  र बेताल  भगवान्को मूर्तिलाई विराजमान गराई तौमढी स्थित न्यातपोल मन्दिर प्राङ्गणबाट शुरूमा तने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ। अघिल्लो भागमा ५ र पछिल्लो भगमा ४ वटा डोरी बाधेको रथ तान्नुअघि भैरवनाथको विधिवत् पूजा गरिन्छ । रथमा खड्ग, तरबार, निशान राख्ने परम्परा समेत रहीआएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *