‘ए मेरो हजुर ४’मा जी-बबले गाएको गीत ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौँ । जी-बब नामले परिचित सुदीप भण्डारीले चलचित्र ‘ए मेरो हजुर ४’ मा गाएको र्‍याप गीत युटयुब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । ‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्‍याप गाएर चर्चामा जी-बबले गाएको गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको हो ।

जी बबकै शब्द र स्वर रहेको गीतमा हुक लाइन लिरिक्स भने सुरेन्द्र गुरुङ (हाकिम)ले दिएका छन् । गीतमा जी बबसँगै सुहाना थापा र अनमोल केसीलाई देख्न सकिन्छ । र्‍याप ब्याटलमा जी बबले गाएको ‘मिलेन लेबल तेरो बाउ बोला ए’ शब्द निकै भाइरल भएको थियो ।

शनिबार सार्वजनिक गीत पनि सोही र्‍यापबाट प्रभावित छ । हाल गीतको सानो अंशमात्रै सार्वजनिक गरिएको हो । पूरा गीत भने दर्शकहरुले हलमा मात्रै हेर्न पाउने निर्माण पक्षले जनाएको छ । झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =