बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक सवारी र ट्याक्सीको भाडा बढेको छ । मन्त्रीस्तरीय निर्णयबाट आगामी वैशाख १ देखि लागू हुने गरी भाडा बढाइएको हो ।

काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ । नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *