हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसिएटिभ्सबीच साझेदारी

काठमाडौँ । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसिएटिभ्ससँग रणनीतिक परियोजनासम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसिएटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
वातावरण संरक्षण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यस सम्झौताले समुदायलाई बैंकिङ पहुँचयोग्य बनाउने तथा बैंकलाई पनि लक्षित समुदायअनुसार क्षमता अभिवृद्धि गर्दै विभिन्न आयाममा सहकार्य गर्ने फराकिलो कार्यदायरा तय गरेको छ ।
‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,’ बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने ।
‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ ।
साथै, ग्राहककेन्द्रित नवीनता, पारदर्शी कार्यशैली तथा सुशासनका लागि परिचित कुमारी बैंक र मिनर्जी इनिसिएटिभ्सबीचको यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्त्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको बैंकले जनाएको छ ।








