‘साताका सात’ तस्बिर

प्रार्थना समय
काठमाडौँको नारायणटारस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा बिहानीको प्रार्थना भेलामा सहभागी विद्यार्थी । विद्यालयमा सामान्य र फरक क्षमता भएका दुवै खाले विद्यार्थीहरू अध्ययनरत छन् ।

आमाको काख
मेरुदण्ड पक्षाघात भएकी आमा आफ्नो छोरीलाई काखमा राखेर ह्विलचेयरमा टाइफाइडविरुद्धको खोप लगाउन खोप केन्द्र जाँदै ।

थकान
अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिइसकेपछि थकान मेट्न अनुहारमा पानी छ्याप्दै सहभागी विद्यार्थी ।

घाम ताप्दै
पारिलो घाममा आफूलाई तताउँदै छेपारो ।

झोलाको सहरयात्रा
म्यादी प्रहरी छनोटमा शारीरिक परीक्षण दिन आफ्नो कपडा र अन्य सामान राखेको ब्याग रूखमा झुन्ड्याउँदै ।

बसिबियाँलो
भक्तपुरको नौमधी टोलमा फुर्सदको समय काट्दै स्थानीय ।

बालापन
भक्तपुरको प्रसिद्ध न्यातापोल मन्दिरमा खेल्दै स्कुले विद्यार्थी ।

प्रतिक्रिया

One thought on “‘साताका सात’ तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *