पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
२०७८ चैत २५ गते

काठमाडौँ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आसन्न स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म भएका काम र आचारसंहितालगायत विषयमा जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्दै भएको हो ।
आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तसहितको उपस्थितिमा आज अपराह्न ५ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । स्थानीय तहको निर्वाचनको आचारसंहिता, निर्वाचन तयारी, मतपत्र छपाइ र अहिलेसम्म भएका कामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ ।
याे पनि : निर्वाचन आचारसंहिता लागू गर्दै आयोग, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
२०७८ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








