प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरी फर्किएकाे एमाले निर्वाचन आयाेग जाँदै

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन आयाेग जाने भएकाे छ । पार्टी महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा एमाले बिहीबार दिउँसाे १ बजे आयाेग जाने नेता विष्णु रिजालले बताए ।

यसअघि गत साेमबार निर्वाचन आयाेगले बाेलाएकाे बैठकमा विवाद भएपछि एमाले हस्ताक्षर नगरी नै फर्किएकाे थियाे । आयाेगले त्याे बैठक आचारसंहितालाई लिएर दलहरू प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने प्रयाेजनले बाेलाएकाे थियाे । तर, साना दलहरूले विवाद उठाएपछि एमालेले हस्ताक्षरबिना फर्किएकाे थियाे ।

आज त्यसबारेमा थप छलफल तथा हस्ताक्षरका लागि एमाले आयाेग जाने भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *