युवा नेतृत्व खोज्दै लिखु गाउँपालिका -७

ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिकामा अहिले चुनावी चहल पहल बढेको छ । गाउँमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा स्थानीयभन्दा दलहरू सक्रिय छन् । दलहरू आफ्नो कुन उम्मेदवारलाई उठाउँदा जित्ला भन्ने अङ्कगणित अन्तिम अवस्थामा छन् ।

आकाङ्क्षीहरू पनि कसरी हुन्छ, उम्मेदवार बनी हाल्न पाए हुन्थ्यो भन्नेमा देखिन्छन् । अघिल्ला चुनावहरुमा हाम्रालाई जिताउनुपर्छ र उम्मेदवार बनाउनुपर्छ भन्नेहरू २०७९ सालको निर्वाचनमा आउँदा केहीले आफ्नालाई च्यापेपनि धेरैले राम्रो र केही गर्न सक्नेलाई नेतृत्व ल्याउनुपर्छ भन्नेमा केन्द्रित देखिएका छन् ।

नेकपा एमाले लिखु गाउँपालिका -७ निवासी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य विजय बस्नेत राम्रा र युवालाई उम्मेदवार बनाउन पार्टीले कन्जुस्याइँ गर्न नहुने बताउँछन् । उमेरले ३१ वर्षीय बस्नेत आफैँ पनि वडा अध्यक्षको उम्मेदवारको आकाङ्क्षी भएको बताउँछन् । युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा लिखु गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्षको नाताले राम्रो मान्छेलाई पालिका र वडाको नेतृत्वमा ल्याउनु पर्ने उनको भनाई छ ।

नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व नागरिकले चाहेकोले युवाको सक्रियता बढाउनु पर्ने अवस्था रहेको उनले बताए । ‘पार्टीको संगठन बनाएको, विकास निर्माणमा चासो राख्ने र नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व पालिका र वडाहरूले खोजेका छन्,’ उनले भने, ‘युवालाई अघि बढाउन सकिन्छ भन्ने नागरिकको बुझाई छ ।’

लिखु गाउँपालिका ७ मा यसअघि नेकपा एमालेबाट नै बेदबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका थिए । ‘यसअघिको अध्यक्षले पनि राम्रो काम गरेको हुन्,’ उनी भन्छन्, ‘एक पटक निर्वाचित जनप्रतिनिधि नदोहोर्‍याउँदा राम्रो हुन्छ ।’

प्रतिक्रिया

One thought on “युवा नेतृत्व खोज्दै लिखु गाउँपालिका -७

Leave a Reply

Your email address will not be published. Required fields are marked *