च्याम्पियन्स लिग

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित, चेल्सी स्तब्ध

काठमाडाैँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका पहिलो लेगमा रियल म्याड्रिडले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले चेल्सीलाई उसकै घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजति गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले ह्याट्रिक गरे । बेन्जमाले खेलको २१औँ, २४औँ र ४६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । चेल्सीका लागि काइ हाभेर्त्जले खेलको ४०औं मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितसँगै रियल म्याड्रिडले क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीविरुद्ध ३-१ को अग्रता हासिल गरेको छ । अब दोस्रो लिग अप्रिल १३ मा रियल म्याड्रिडको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *