पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियाे

काठमाडाैँ । जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएकाे छ ।

शाहलाई मंगलबार बिहान नवलपुर लगिएकाे हाे । जिल्ला अदालत नवलपुरमा चलिरहेकाे बलात्कारकाे मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिएकाे जिल्ला कारागार तनहुँले जनाएकाे छ ।

जिल्ला अदालत नवलपुरबाट थुनछेक बहस प्रयोजनको लागि शाहलाई उपस्थित गराइदिनु भन्ने पत्रअनुसार शाहलाई नवलपुर पठाइएको हाे ।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भएकाे थियाे । उनीमाथि नाबालिका बलात्कारकाे गम्भीर अभियाेग लागेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =