आर्सनलको शीर्ष चारको दौडमा ब्रेक

काठमाडौँ । शीर्ष चारको दौडमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । आर्सनल घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो ।

क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा, जोर्डन आए र विल्फ्रेड जाहाले एक/एक गोल गरेका थिए । क्रिस्टल प्यालेसले दुई गोल पहिलो हाफमा गरेको थियो भने एक गोल दोस्रो हाफमा थपेको थियो ।

यो जितपछि क्रिस्टल प्यालेसको ३० खेलमा ३७ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । आर्सनल भने २९ खेलमा ५४ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *