बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ७२औँ मिनेटमा पेड्रीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । पेड्रीले ओसुमान डेम्बेलेले असिस्टमा गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २९ खेलमा ५७ अंक भएको छ र ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । ला लिगामा ३० खेल खेलेको रियल म्याड्रिड ६९ अंकसहित शीर्ष स्थानमा रहेको छ । हारपछि सेभियाको भने ३० खेलमा ५७ अंक छ र लिगमा चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *