सानदार जितसँगै टोटेनह्याम चौथो स्थानमा उक्लियो

काठमाडौँ ।  न्युक्यासल युनाइटेडमाथि ५-१ को सानदार जितसहित आइतबार राति टोटेनह्याम इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

३९औँ मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटेनह्याम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए । ४८औँ मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटेनह्यामले अग्रता लियो । त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटेनह्यामले ३-१ को अग्रता लियो ।

६३औँ मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटेनह्याम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटेनह्यामका लागि पाँचौँ गोल गरे । ३० खेलबाट  ५४ अंक बटुलेको टोटेनह्याम चौथो स्थानमा उक्लिएको हो । पाँचौँ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्यपि आर्सनलले टोटेनह्यामभन्दा दुई खेल कम खेलेको छ ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २१ को जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *