इन्टर मिलानसँग युभेन्ट्सको हार

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले युभेन्ट्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टरमिलानले युभेन्ट्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा खेलको पहिलो हाफको अतिरिक्त समयमा हकान चलहानोग्लुले पेनाल्टीबाट गोल गर्दै गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इन्टर मिलानको ३० खेलमा ६३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । हारसँगै युभेन्ट्सको ३१ खेलमा ५९ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *