विवेकशील साझाले खोल्यो उम्मेदवारका लागि आवेदन

काठमाडौँ । विवेकशील साझा पार्टीले स्थानीय चुनावमा आफ्नो पार्टीबाट उम्मेदवार बन्न चाहनेका लागि आवेदन खुलाएको छ।

इमानदार र सक्षम व्यक्तिहरूलाई विवेकशील साझा पार्टीको चुनाव चिन्ह तराजु लिएर उम्मेदवार बन्नका लागि आह्वान गरिएको र त्यसकै लागि फाराम खुलाइएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । यसका लागि इच्छुक व्यक्तिले फाराम भर्न सक्नेछन् ।

यसका साथै विवेकशील साझाका प्रदेश संयोजक तथा इन्चार्जहरू र पार्टीका अन्तर्राष्ट्रिय समितिका संयोजकलाई सम्पर्क गर्न सकिने अध्यक्ष मिश्रले बताएका छन् ।

यस लिंकमा गएर आवेदन दिन सकिने छ :- https://bsp.org.np/looking-for-leaders

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *