इंग्लिस प्रिमियर लिग

चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर युनाइटेड रोकियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४-१ को लज्जास्पद हार बेहोरेको हो ।

ब्रेन्टफर्डका लागि भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो रुडिगरको गोल सान्त्वना बन्यो । यो जितसँगै ब्रेन्टफर्ड ३१ खेलबाट ३३ अंक जोडेर १४औं स्थानमा रहेको छ । पराजित चेल्सी २९ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर युनाइटेडका लागि फ्रेडले एक गोल गरेका थिए भने लेस्टर सिटीका लागि केलेची हीनान्चोले एक गोल गरेका थिए ।

यस खेलमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् । यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ३० खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै लेस्टर भने २८ खेलमा ३७ अंकसहित नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *