बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडको जित

काठमाडौँ । अनुभवी फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । शनिबार राति भिगोको घरेलु मैदानमा दुवै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए ।

१९औँ मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए । ५२औँ मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ६४औँ मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके । तर पुनः ७०औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।

जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११औँ स्थानमा छ ।

गए राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४-१ अन्तरले पराजित गर्‍यो । लुइस स्वारेज र जुवाओ फेलिक्सले समान दुई गोल गरे । जितपछि समान ५७ अंक भएपनी एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *