एमालेले राष्ट्रिय स्वाभिमान जागृत गराएको छ : ओली

खोटाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएको दाबी गरेका छन् । एमाले खोटाङले आज दिक्तेलको माटिकोरे खेल मैदानमा आयोजना गरेको चुनावी जनसभामा उनले भने, ‘हामी आफैँ विकास गर्न सक्छौँ भन्ने सन्देश प्रवाह गरेको छौँ ।’

वृद्ध वृद्धालाई भत्ता, आफ्नो गाउँ आफैँ बनाऔँ देखि विकासको नयाँ लहर ल्याएको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सधैँ गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आत्मविश्वास अगाडि बढायौँ ।’ उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन आगामी वैशाख-३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई दुई तिहाइ बढी स्थानमा जिताउन आग्रह गरे ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा, प्रमुख सचेतक विशाल भट्टराईलगायत नेतासहित खोटाङ आउनुभएका अध्यक्ष ओलीले पवित्र धाम हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टीकाटिप्पणी नगर्ने बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *