लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले वाटफोर्डलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा र फाबिन्होले एक एक गोल गरेका थिए । यो लिभरपुलको लगातार दशौँ जित पनि हो ।

यो जितपछि लिभरपुलको ३० खेलमा ७२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम २९ खेल खेलेको म्यानचेस्टर सिटीको ७० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

यद्यपि म्यानचेस्टर सिटी र बर्नलीबीच जारी खेलमा सिटीले २ गोलको अग्रता लिएको छ । यही नतिजा कायम रहे सिटी ७३ अंकका साथ शीर्ष स्थानमा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *