ट्रायथोलन एशिया कपमा युचिदा र शाबालिना च्याम्पियन

पोखरा । ट्रायथोलन एशिया कपको उपाधि जापान र काजकिस्तानले जितेको छ ।

शनिबार पोखरामा भएको दोश्रो प्रतियोगिताको स्प्रिन्ट तर्फ ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडमा जापानीज खेलाडी जेन्ता युचिदाले ५३ मिनेट १४ सेकेण्डमा पुरा गरेर उपाधी जितेका हुन् ।

जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो बने भने अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै तेस्रो भए ।

महिला तर्फको स्पर्धामा काजकिस्तानकी इकातेरिना शाबालिना पहिलो भईन् । उनले १ घण्टा २ मिनेट २० सेकेण्डमा सबै इभेण्ट पूरा गर्दै च्याम्पियन बनेकी हुन् ।

जापानकी हिराकु फुकुओकाले १ घण्टा २ मिनेट ५३ सेकेण्डमा पुरा गरेर दोस्रो भईन् । काजाकास्तानकी नाडेज्दा बेक्मागान्वेतोभाले १ घण्टा ४ मिनेट १४ सेकेण्डको समयमा इभेण्ट पूरा गरेर तेश्रो भईन् ।

प्रतियोगिता अन्तर्गत पौडी फेवातालमा गराइएको थियो । दौड गौरीघाटदेखि शहीदचोक हुँदै पुनः गौरीघाटसम्म भएको थियो । साईकल भने पोखराका विभिन्न ठाउँमा पुगेको थियो ।

ट्रायथोलनका दुवै इभेण्टमा विजेताले ४ हजार २ सय अमेरिकी डलर पुरस्कार पाएका छन् । ट्रायथोलन एशिया कपको दोस्रो संस्करण हो भने साउथ एशियन च्याम्पियनसिप अन्तर्गत नवौं हो ।

आईतबार दुवाथोलन प्रतियोगिता हुने छ । दुवाथोलनमा दौड र साईक्लिङ हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *