‘मीनबहादुर विष्ट’ स्मृति अन्तरविद्यालय दौड सम्पन्न (तस्बिरहरू)

काठमाडौँ । नेपालको पहिलो धावक स्वर्गीय मीनबहादुर विष्ट प्रतिष्ठानले आज काठमाडौँको गोकर्णेश्वर-३ सुन्ताखानमा अन्तरविद्यालय म्याराथन प्रतियोगिता आयोजना गरेको छ ।

भारतको नयाँ दिल्लीमा सन् १९५१ मा सम्पन्न भएको एसियाली खेलकुद प्रतियोगितामा स्वर्गीय विष्टले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाएका थिए ।

उक्त प्रतियोगितामा स्व. विष्टले म्याराथन र २०० मिटर दौडमा भाग लिएर म्याराथन ३ घण्टा ५ मिनेट र २०० मिटर दौड २८ सेकेन्डमा पूरा गरी चौथो स्थान हासिल गरेका थिए । विष्टकै सम्झनामा आज अन्तरविद्यालय दौड प्रतियोगिता सम्पन्न भएको हो ।

गोकर्णेश्वर नगरपालिका मा रहेका विद्यालयहरूको विद्यालयहरूले भाग लिएका ४५०० मिटर दौडमा पुरुष तर्फ मिङमार सिङ्गी तामाङ (चामुण्डा मावि) प्रथम, सागर तामाङ (मनकामना मावि) द्वितीय र सुमन नेपाली (समता शिक्षा निकेतन) तृतीय भए ।

महिलातर्फ रजनी श्रेष्ठ (भेनस पब्लिक स्कुल) प्रथम, रमिला वन .सहयोगी मावि) द्वितीय र सुकालामो तामाङ (भेनस पब्लिक स्कुल) तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहिद मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पुरुष र महिला गरी कुल ४३ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिकाको मेयर सन्तोष चालिसे र उपमेयर शान्ति नेपालले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *