यसरी मनाइयाे टुँडिखेलमा घोडेजात्रा (तस्बिरहरू)

काठमाडाैँ । काठमाडाैँकाे टुँडिखेलमा घाेडेजात्रा मनाइएकाे छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज विशेष कार्यक्रम गरेर सम्पन्न गरिएकाे हाे ।

किवद‌ंतीअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास रहँदै आएकाे छ ।

नेपाली सेनाका तर्फबाट घाेडेजात्राकाे अवसरमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरिएकाे थियाे । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका नेताहरूकाे उपस्थिति थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *