हेलिकप्टरबाटै जुम्लाबाट कालिकोट फर्किए ओली

सुर्खेत । चुनावी दाैडानमा रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओली जुम्लापछि कालिकोट फर्किएका छन् । एमाले जुम्लाकाअनुसार जुम्लाको सिंजामा भएको एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर कालिकोटको फर्किका छन् । बिहीबार कालिकोटको मान्ममा नेकपा एमाले कालिकोटको आयोजनामा बृहत् आमसभालाई सम्बोधन गर्न हेलिकप्टरबाट कालिकोट फर्किएका हुन् ।
हेलिकप्टरमार्फत जुम्ला पुगेका अध्यक्ष ओली दैलेख जिल्लाको दुल्लु हुँदै जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा पुगेर कालिकोट फर्किएका नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिए । अध्यक्ष ओलीले जुम्लाको सिंजा उपत्यकासँगै कनकासुन्दरी मन्दिरको समेत अवलोकन गरेका छन् ।
अबको केही समयमा नेकपा एमाले कालिकोटले कालिबमेटको मान्ममा आयोजना गरेको बृहत चुनावी आमसभा कार्यक्रकको शुरूबाट हुने जनाइएको छ ।








