ब्राजिलको फराकिलो जित, अर्जेन्टिना रोकियो

काठमाडौँ । फिफा विश्वकप कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गतका खेलमा ब्राजिलले फराकिलो जित निकाल्दा अर्जेन्टिना भने बराबरीमा रोकिएको छ ।

छनोटमा अपराजित रहेको ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४- ले पराजित गरेको हो । बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक पुगेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।

अर्को खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको छ । अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले गोल गर्दा इनर भ्यालेन्सियाले बराबरी गोल फर्काए । यो बराबरीसँगै अपराजित अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *