स्पेनको सानदार जित, जर्मनी रोकियो

काठमाडौँ । स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा स्पेनले आइसल्यान्डलाई ५-० को भारी गोलअन्तरले पराजित गरेको हो ।

स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गर्दा यारेमी पिनोले एक गोल थपे । स्पेनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

मैत्रीपूर्ण खेलमै जर्मनी भने बराबरीमा रोकिएको छ । जर्मनीले नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *